१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशील जनशक्ति विना समृद्धि असम्भव : उपाध्यक्ष संघई



नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्गलबार लाजिम्पाटमा आयोजना गरेको ुउद्यमशिलता शिक्षामा मिडिया कार्यशाला गोष्ठीमा मन्तव्य व्यक्त गर्नुहुँदै महासङ्घका उपाध्यक्ष रामचन्द्र सांघाई । तस्बिर : रासस
अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले उद्योगी व्यवसायीले आवश्यकता अनुसारको जनशक्ति पाउनै नसकेको गुनासो गरेका छन् । महासंघले उद्यमशीलताका लागि दक्षिण एशीयाली नेतृत्व सेलसँगको सहकार्यमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संघइले सक्षम जनशक्तिको अभाव श्रम बजारका लागि चुनौतीका रुपमा रहेको बताए ।

उद्यमशीलताका लागि जीवन उपयोगी शिक्षा आवश्यक रहेको बताउदै संघईले सीपमूलक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे । सीप र प्रविधि भएको व्यक्तिको उद्यमशीलताबाट समाज र देश नै उद्यमशील बन्न सक्छ । यसरी मात्र देशको समृद्धि सम्भव छ संघईको भनाई थियो ।

हाम्रो समाज अझै पनि उद्यम गर्ने, सानै भए पनि लगानी गर्ने, व्यवसायिक बन्ने भन्दा पनि जागिरै खाने सोंचले ग्रसित रहेको बताउदै संघाइले यसको दोष विद्यमान शिक्षा प्रणाली नै भएको उल्लेख गरे । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट २८ अर्ब ८१ करोड रूपैयाँ विदेशिएको आंकडा प्रस्तुत गर्दै संघईले यो अवस्था आउनुको मूल कारण देशभित्र्रै अवसर नहुनु रहेको बताए ।

यस्तो अवस्था रोक्न नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हवका रुपमा विकशीत गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयहरूलाई समेत नेपालमा आकर्षीत गर्न सक्नुपर्ने संघईको सुझाव छ । यसका लागि सरकार र निजि क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।