९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली श्रमिकलाई भविष्यप्रति आस्वस्त तुल्याएको पनि दाबी गर्नुभयो । उहाँले समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी रहेको बताउनु भयो ।

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयन र परिणाम दिने गरी अगाडि लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने काम पार्टी नेकपा एमाले भएको बताउनु भयो ।

उहाँले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दाबी गर्दै अब व्यवहारिक रूपमा कार्यान्वयन र स्थापित गरिने बताउनु भयो । उहाँले समय क्रममा सामाजिक सुरक्षाका दायरालाई बिस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा तथ्य तपाई हाम्रो अगाडि छ । नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने ,व्यवहारिक रुपमा कार्यान्वयन र स्थापित गर्ने नेतृत्व नेकपा एमालेले गरेको हो । नेकपा एमालेको नेतृत्वको सरकारले गरेको हो । समय क्रममा सामाजिक सुरक्षाका विधाहरुलाई मात्रै बिस्तार गरेका छैनौं । त्यसमा नयाँ विशेषतालाई पनि समाहित गर्दै अगाडि बढेका छौं । यही क्रममा योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गरिएको हो । राज्यको जिम्मेवारी नागरिकका प्रति छ । भन्ने शिलशिलामा सामाजिक सुरक्षाको अवधारणा अघि सारेका छौं । योगदानमा आधारित सामाजिक सुरक्षा त्यसको एउटा मौलिक र नविनतम स्वरुप हो ।

सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ । भविष्य प्रति आस्वस्त तुल्याएको छ । समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति हामीले धेरै काम गर्नु पर्ने छ । सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी छ । प्रभावकारी र परिणाम दिने गरी अगाडि लैजानु पर्ने आवश्यकता छ ।’

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा अघि सारिएको बताउनु भयो ।

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको दाबी गर्नुभयो । उहाँले केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उल्लेख गर्नुभयो ।