१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा



अ+ अ-

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् ।

मुलुकमा देखिएको सम्पुर्ण रोग,भोक, गरिबी,अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था,एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेति गरि षड्यन्त्र पुर्बक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताएका छन् ।

आज बिराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बिदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको थापाले आरोप लगाए । सबै समस्याको अचुक रामबाण औसधि गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न बिदेशीले करोडौ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो । बिदेशीको दबाब, प्रभाब र सत्तास्वार्थमा माओवादी सङ्गै काङ्ग्रेस एमाले पनि बहकिएको भन्दै थापाले माओवादी मार्फत बिदेशिले खेलेको र काङ्ग्रेस एमाले समेत प्रयोग भएको बताए ।

अहिलेको भ्रष्ट ब्यबस्था र शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनुपर्नेमा जोड दिदै थापाले सबै राष्ट्रबादी, हिन्दुबादी र संघीयता बिरोधीहरु एक ठाउँमा आउनुपर्मे औल्याए । समान बिचार भएकाहरु एक ठाउँमा आउन ढिला गर्न नहुमे भन्दै थापाले एजेन्डा स्थापित गर्नको लागि ठुलो छाती र त्यागको भावना आब्श्यक पर्ने स्पष्ट पारे ।

“पद प्रतिष्ठा,स्वार्थ ,महत्त्वकांक्षा पालेर राष्ट्रबादी आन्दोलन टुङ्गोमा नपुग्ने भन्दै थापाले राप्रपा नेपाल सबै त्यागेर एजेन्डा केन्द्रित हुनेछ” थापाले भने । कार्यक्रममा पुर्ब उपप्रधानमन्त्री बद्री प्रसाद मण्डल र वरिष्ठ राजनितीज्ञ जित बहादुर अर्जेलले आन्दोलनको आबश्यकता र औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा तत्कालीन मोरङ जिबिसका सभापति बल्लब प्रसाद दाहाल सहित दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए ।