२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गर्दै चैतसम्ममा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने बताएको छ ।

चालु आवको दोस्रो त्रैमासिकमा ३० अर्ब आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासिकमा ८८ अर्ब उठाउन लागेको हो । चालु आर्थिक वर्षभित्र सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । ती लक्ष्य पूरा गर्न उसले तीन चरणमा ऋण उठाउने योजना बनाएको छ । अर्ब चौथो त्रैमासिकमा सरकारले आन्तरिक ऋणमार्फत १ खर्ब ३६ अर्ब रुपैयाँ उठाउने योजना बनाएको छ ।

केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा ट्रेजरी बिलमार्फत ६० अर्ब, विकास ऋणमार्फत २५ अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ आन्तरिकण ऋण उठाउन लागेको हो ।