२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । 

बैठक अघि माधव नेपाल पक्षका कार्यदल सदस्यहरु नेपाल निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । 

सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो । 

दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक अबेर सुरु भएको छ । 

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।