२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्सर स्पोर्टस अवार्ड: आसिफ शेख मनोनयनमा



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् ।

क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त मनोनयनमध्ये विजेता खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । मनोनयनमा परेका आशिफ शेखले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमा नै अविजित अर्धशतक बनाएका थिए । उनले नेदरल्याण्डविरुद्धको खेलमा कुशल भुर्तेसँग ११६ रनको साझेदारी गरेका थिए जुन नेपालको ओपनिङमा उच्च साझेदारी थियो ।

त्यस्तै शेखले सन् २०२३ मा आइसिसीको स्पिरिट अफ क्रिकेट अवार्ड जिते । उक्त अवार्ड पाउने उनी नेपालको पहिलो खेलाडी हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबमा आवद्ध टेनिसकी अभिलाषाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण जित्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी हुन् ।

भलिबलकी उषा सम्मिलित टोलीले नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

नेपाल सन् २०१९ मा बङ्गलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा उषा टोलीको सदस्य थिइन् । पौडीकी डुवानाले पोखरामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण र एक रजत पदक प्राप्त गरेकी थिइन् । विगत २०६४ सालदेखि उनले पौडीमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएकी छिन् ।

फुटबलका अन्जन राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल भएका थिए । सर्वाधिक गोलकर्ताको दौडमा उनी तेस्रो स्थानमा छन् । अन्जनभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्का छन् । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङका आधारबाट चुनिने छन् ।

आगामी फागुन २३ गते हुने उक्त १९औँ संस्कारणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा सम्मान गरिनेछ । जसमा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड छन् ।