५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्सर स्पोर्टस अवार्ड: आसिफ शेख मनोनयनमा



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् ।

क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त मनोनयनमध्ये विजेता खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । मनोनयनमा परेका आशिफ शेखले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमा नै अविजित अर्धशतक बनाएका थिए । उनले नेदरल्याण्डविरुद्धको खेलमा कुशल भुर्तेसँग ११६ रनको साझेदारी गरेका थिए जुन नेपालको ओपनिङमा उच्च साझेदारी थियो ।

त्यस्तै शेखले सन् २०२३ मा आइसिसीको स्पिरिट अफ क्रिकेट अवार्ड जिते । उक्त अवार्ड पाउने उनी नेपालको पहिलो खेलाडी हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबमा आवद्ध टेनिसकी अभिलाषाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण जित्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी हुन् ।

भलिबलकी उषा सम्मिलित टोलीले नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

नेपाल सन् २०१९ मा बङ्गलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा उषा टोलीको सदस्य थिइन् । पौडीकी डुवानाले पोखरामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण र एक रजत पदक प्राप्त गरेकी थिइन् । विगत २०६४ सालदेखि उनले पौडीमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएकी छिन् ।

फुटबलका अन्जन राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल भएका थिए । सर्वाधिक गोलकर्ताको दौडमा उनी तेस्रो स्थानमा छन् । अन्जनभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्का छन् । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङका आधारबाट चुनिने छन् ।

आगामी फागुन २३ गते हुने उक्त १९औँ संस्कारणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा सम्मान गरिनेछ । जसमा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड छन् ।