२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक माधव नेपाललाई के भो ? नेपाल निवासमा किन गए प्रचण्ड



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  शनिबार कोटेश्वर नेपाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार विगत केही दिनेयता स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनलाई  प्रचण्डले स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। गौतमका अनुसार नेपालको स्वास्थ्य समस्याका कारण प्रचण्डले संक्षिप्त भेट अन्य राजनीतिक विषयमा कुराकानी नभएको उनको भनाइ छ। 

‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भने। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ’, गौतमले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।’