२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवको खटिरो, ओलीको ओखती र प्रचण्डको परामर्श !



अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री केपी शर्माले ओलीले गत बिहिबार नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय कामगर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले जनै खटिरा र त्यसको उपचार बिधिबारे आफ्नो धारणा राख्नुभयो । लगत्तै सामाजिक सञ्जालमा त्यसबारे टिका टिप्पणी हुन थाल्यो । 

किन प्रधानमन्त्रीले कुनै प्रसंग बिना नै यो यो कुरा उठाउनुभयो ? टिकाटिप्पणी यसैमा केन्द्रित थियो । उहाँ आफै जनै खटिरा दबाईका बारेमा किन कुरा गर्नुभयो आफै डाक्टर बनेर ?  ।

यो कुरा भन्नु अघिल्लो दिन पार्टीभित्रको अन्तरकल मत्थर पार्न ओलीले पार्टीका बरिष्ठ नेता माधब नेपालसंग भेट गर्नुभएको थियो । त्यही भेटबाट ओलीले यो प्रसंंग उठान गर्नुभएको रहेछ । त्यस दिन उहाँले भन्नु भएकोथियो  “मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधी चाहीँ बताईदिएँ ।

म आफैलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ र दुख्छ । त्यो घाउ हुन्छ फुटेपछि त्यो बहुत छिटो फैलिन्छ । अनि हाई फिवरमा लान्छ ।  साधारण औषधी कालो तिल आफैले चपाएर थपक थपक लगाईदियो भने विमारीले चपाउन पनि आनन्द मान्छ र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने निको हुन्छ। लगाउदा संगसंगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।” 

प्रधानमन्त्रीका ती साथी को हुन् भन्ने चुरा आज बल्ल खुल्यो । आखिर जनै खटिराले माधव नेपाल पीडित बन्नुभएको रहेछ ।  

एमालेभित्र सहमतिको प्रयास भैरहको समयमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल नेपाललाई शनिबार दिउसो घरमै गएर भेट्नुभयो । दुई नेताको भेटबारे राजीनीतिक रुपमा अनेक आशंका हुन थालेपछि भित्र कुरा जे भएपनि नेपालको सचिवालयले बिरामी नेपाललाई भे्ट्न दाहाल आउनु भएको स्पष्टिकरण दिएको छ ।

नेपालका स्वकीय सचिब मोहन गौतमले नेपाल र दाहालको भेट बारे सामाजिक सञ्जालमा लेख्नुभयो– पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिनयता स्वास्थ्यमा समस्या ९जनै खटिरा० आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । 

आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।

हो, नेपालको दुखाई बडो पीडादायी होला । किनभने जनै खटिरा आएपछि निकै पोल्छ र दुख्छ । त्यसैले रोगसँग जिस्किने कुरा त भएन । तर यतिखेर उहाँको थाप्लोमा जनैभन्दा अर्काे अर्थात् राजनीतिक कटिरो पनि उठेको स्पष्ट देखिन्छ । 

त्यसैले उहाँको त्यो तनाबलाई ओलीको घरायसी बुटी या प्रचण्डको परामर्श केले काम गर्ला ? सम्भवत सोमबारसम्म थाहा हुनेछ ।