२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका वरिष्ठ नेता पौडेल किन गए धर्मशालामा



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल धर्मशालामा पुगेका छन् । शनिबार पार्टीको क्रियाशील सदस्य छानबिनबारे बुझ्न नेता पौडेल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेका हुन् ।

समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका पनि उनले समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीलाई विवादरहित ढंगले टुंगो लगाउने काम गरिरहेको नेता पौडेललाई जानकारी गराएका थिए ।

नेता पौडेलले समितिको कामको प्रशंसा गर्दै निष्पक्ष रुपमा सदस्यता टुंग्याउन आग्रह गरे । ‘तपाईंहरुले मेहनत गर्नुभएको छ, अहोरात्र खटेर काम गर्नुभएको छ, निष्पक्ष रुपमा काम गर्नुस्,’ पौडेलले भने, ‘महाधिवेशन समयमै गर्ने जिम्मा तपाईंहरुको काँधमा आएको छ ।’

नेता पौडेलले सदस्यता छपाई, कम्युटरमा सदस्यताको नाम इन्ट्रीलगायतका कामको निरीक्षण गरेका थिए । कांग्रेसले भदौ १६–१९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ । १२ साउनदेखि स्थानीय अधिवेशन सुरु हुँदैछ ।