२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश सरकारले पूर्णता पाउँदै, मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा यसअघि माओवादी सहभागी भएको थिएन ।

मधेशमा माओवादीले २ वटा मन्त्रालय मागेको थियो । भागबण्डा नमिलेपछि मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिएको थियो । जसका कारण माओवादीले मन्त्रिमण्डल विस्तार बहिष्कार गरेको थियो । अहिले भने केन्द्रबाट नै सरकारमा सहभागी हुने निर्णय भएको हो ।

प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको छ ।

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम समेत तय गरिएको जनाइएको छ ।




भर्खरै