६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश सरकारले पूर्णता पाउँदै, मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा यसअघि माओवादी सहभागी भएको थिएन ।

मधेशमा माओवादीले २ वटा मन्त्रालय मागेको थियो । भागबण्डा नमिलेपछि मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिएको थियो । जसका कारण माओवादीले मन्त्रिमण्डल विस्तार बहिष्कार गरेको थियो । अहिले भने केन्द्रबाट नै सरकारमा सहभागी हुने निर्णय भएको हो ।

प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको छ ।

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम समेत तय गरिएको जनाइएको छ ।