२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई किन भेटे पाकिस्तानी क्रिकेटर रिजवानले ?



अ+ अ-

एजेन्सी । पाकिस्तानका चर्चित क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । पाकिस्तानदेखि काठमाडौं आएर रिजवानले नेपाली राष्ट्रिय टिमका सदस्य लामिछानेलाई भेटेका हुन् ।

स्रोतका अनुसार उनले सोमबार लामिछानेलाई भेट गर्दै मानसिक रुपमा बलियो हुन भनेका छन् । रिजवानले आइतबार साँझ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग पनि भेट गरेका थिए ।

बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा समेत पुगेर धरौटीमा रिहाँ हुँदै टिममा फर्किका लामिछानेलाई हौसला तथा मानसिक रुपमा बलियो हुनका लागि आत्मविश्वास बढाउने उदेश्यले उनी काठमाडौं आएको स्रोतको भनाइ छ ।

विश्वका थुप्रै लिगहरु खेलेका लामिछाने र रिजवानको पाकिस्तानको लिग खेल्दा राम्रो सम्बन्ध थियो । रिजवान टि–२० क्रिकेटको विश्व बरियताको दोस्रो नम्बरका ब्याट्सम्यान हुन् । उनी सोमबारै स्वदेश फिर्ता भएका छन् ।