२१ असार २०८३, आईतवार
,
Latest
मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलको बैठकपछि बिष्टले गरे यस्तो खुलासा, एमालेमा अब के होला ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधान कार्यदलका सदस्य गोकर्ण विष्टले आइतबार सहमति हुने बताएका छन् । शनिबार कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । 

'गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्यौँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौ' विष्टले भने, 'यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।'

पार्टीभित्र केही समयदेखि देखिएका असहज र असामान्य पस्थितिलाई मिलाउनुपर्ने भएकाले समय लागेको विष्टले बताए। 

ुअविश्वास हटेको छ, विश्वासको वातावरण बनेको छ। लगभग अन्तिम निष्कर्षमा आएका छौं। सुखद् समाचार सुन्नका लागि भोलिभन्दार पर जानुपर्दैनु, विष्टले भने।