२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो दुई मिनेटको नियमले तपाईंको जीवन परिवर्तन गरिदिनेछ !



अ+ अ-

काठमाडौं । जिवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।

यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका पाउनुहुन्छ ।

यो नियम अत्यन्तै सरल छ स् कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले गजबको महसूस गर्नुहुनेछ ।

काम टार्दा त्यसले तपाईं दोषी महसूस गराइरहन्छ र तपाईं आनन्द लिन समेत पाउनुहुन्न । बाँकी रहेको काम सकिहाल्नुस् र फुर्सदको भरपूर आनन्द लिनुस् ।

घरमा जम्मा भएका फोहोर बाहिर निकालिहाल्नुस् । पछि गरौंला नि भनेर टार्नुको साटो तत्कालै फोहोर निकाल्नु ठीक हुन्छ । आखिर ढिलोचाँडो तपाईंले फोहोर फाल्नैपर्छ क्यारे, किन साइत हेरिरहने ? काम सिध्याएपछि आनन्दै आनन्द ।

सजिलै सम्पन्न हुने कामलाई नसार्नुस् । सजिला काम सकिहाल्दा नियमित कामको लामो सूची छोटिन्छ । कुनै पनि काम शुरु गर्न पो गाह्रो त, सजिलो काम पहिल्यै सक्दा तपाईंलाई काम फत्ते गर्न प्रेरणा मिल्छ ।

तपाईंलाई स्वास्थ्यको माया छ भने स्वस्थ खानेकुरा खानुस् । स्याउ स्वस्थ खानेकुरा हो । यो खान दुई मिनेट पनि लाग्दैन । यसरी स्वस्थ खानेकुरा खोज्दै गर्दा यो तपाईंको राम्रो बानीका रूपमा विकास हुन्छ ।

किताब पढ्ने राम्रो बानी बसाल्नुस् । नियमित किताब पढ्नुभयो भने तपाईंलाई किताबमा रस बस्छ । दिनको एक घन्टा कम्तीमा पनि पढ्नलाई छुट्याउनुस् ।

सरल काम सिध्याउनका लागि सूची बनाइरहनु पर्दैन । सूची बनाउनुको समय तपाईं काम नै गर्नुस् न । एउटा काम सक्दा तपाईंलाई सन्तुष्टि हुन्छ र अरू काम सक्न थप प्रेरणा मिल्छ ।

एजेन्सी