• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की ★   गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? ★   राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका ★   राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल ★   बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी ★   कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी ★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान ★   कालोपट्टी बाँधेर धर्ना बसे संसद्का कर्मचारी ★   संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण ★   चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर

बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण



दोधारा चाँदनी । कञ्चनपुरका बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ ।

बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिनुभयो । उहाँले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताउनुभयो ।

“यहाँको बेदकोट नगरपालिकाका पाँच बङ्गुरमा परीक्षण गर्दा पाँचवटैमा सङ्क्रमण देखिएको हो”, उहाँले भन्नुभयो, “कृष्णपुरमा पनि सङ्क्रमण देखिएको छ, परीक्षणका लागि नमुना काठमाडौँ पठाएका छाँै ।” उहाँले कञ्चनपुरमा पहिलोपटक यो महामारी देखिएको बताउनुभयो ।

“बङ्गुर, सुँगुर र बँदेलमा भाइरसबाट लाग्ने अफ्रिकन स्वाइन फिभर महामारी रोग हो, यसको उपचार हुँदैन”, डा ठगुन्नाले भन्नुभयो, “कञ्चनपुरमा कम छ कैलालीमा धेरै नोक्सानी भएको छ ।” कञ्चनपुरमा बेदकोट नगरपालिका–४ को एक बङ्गुर फार्ममा पहिलो पटक सङ्क्रमण पुष्टि भएको थियो । “एक किसानले मरेको बङ्गुरको पोष्टमार्टम गर्न ल्याउनुभयो । हामीले शङ्का लागेर ¥यापिट टेष्ट ग¥यौँ”, उहाँले भन्नुभयो, “यहाँ पोजेटिभ आएपछि पिसिआरका लागि काठमाडौँ पठायाँै त्यहाँ पनि पोजेटिभ आयो ।”

कृष्णपुर नगरपालिकामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको नगरपालिकाका पशु विकास अधिकृत गोपालसिंह बोहराले जानकारी दिनुभयो । उहाँले यहाँका केही फार्ममा बङ्गुर मरे पनि ठूलो क्षति नभएको बताउनुभयो । “अहिले सङ्क्रमण देखिएका क्षेत्रमा भ्याक्सिन लगाइराखेका छौँ”, उहाँले भन्नुभयो, “थप परीक्षणका लागि धनगढीको ल्याबको टोलीले नमुना सङ्कलन गरिरहेको छ ।”

कञ्चनपुरका विभिन्न स्थानका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरे पनि सङ्क्रमण हुँदा किसानले पशु शाखा र भेटेरीनरी अस्पतालमा खबर नगरको पशु चिकित्सक बताउँछन् । अफ्रिकन स्वाइन फिभर लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन् । रासस




भर्खरै