२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण



अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरका बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ ।

बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिनुभयो । उहाँले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताउनुभयो ।

“यहाँको बेदकोट नगरपालिकाका पाँच बङ्गुरमा परीक्षण गर्दा पाँचवटैमा सङ्क्रमण देखिएको हो”, उहाँले भन्नुभयो, “कृष्णपुरमा पनि सङ्क्रमण देखिएको छ, परीक्षणका लागि नमुना काठमाडौँ पठाएका छाँै ।” उहाँले कञ्चनपुरमा पहिलोपटक यो महामारी देखिएको बताउनुभयो ।

“बङ्गुर, सुँगुर र बँदेलमा भाइरसबाट लाग्ने अफ्रिकन स्वाइन फिभर महामारी रोग हो, यसको उपचार हुँदैन”, डा ठगुन्नाले भन्नुभयो, “कञ्चनपुरमा कम छ कैलालीमा धेरै नोक्सानी भएको छ ।” कञ्चनपुरमा बेदकोट नगरपालिका–४ को एक बङ्गुर फार्ममा पहिलो पटक सङ्क्रमण पुष्टि भएको थियो । “एक किसानले मरेको बङ्गुरको पोष्टमार्टम गर्न ल्याउनुभयो । हामीले शङ्का लागेर ¥यापिट टेष्ट ग¥यौँ”, उहाँले भन्नुभयो, “यहाँ पोजेटिभ आएपछि पिसिआरका लागि काठमाडौँ पठायाँै त्यहाँ पनि पोजेटिभ आयो ।”

कृष्णपुर नगरपालिकामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको नगरपालिकाका पशु विकास अधिकृत गोपालसिंह बोहराले जानकारी दिनुभयो । उहाँले यहाँका केही फार्ममा बङ्गुर मरे पनि ठूलो क्षति नभएको बताउनुभयो । “अहिले सङ्क्रमण देखिएका क्षेत्रमा भ्याक्सिन लगाइराखेका छौँ”, उहाँले भन्नुभयो, “थप परीक्षणका लागि धनगढीको ल्याबको टोलीले नमुना सङ्कलन गरिरहेको छ ।”

कञ्चनपुरका विभिन्न स्थानका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरे पनि सङ्क्रमण हुँदा किसानले पशु शाखा र भेटेरीनरी अस्पतालमा खबर नगरको पशु चिकित्सक बताउँछन् । अफ्रिकन स्वाइन फिभर लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन् । रासस




भर्खरै