२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा र मोरङलाई जोड्ने मावाखोलाको पुलमा जोखिम बढ्दै



अ+ अ-

दमक । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।

सडक भासिएसँग सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सिर्जना हुनसक्ने खतरा रहेको पत्रकारसमेत रहनुभएका स्थानीयवासी नगेन्द्रमणि न्यौपाने बताउनुहुन्छ । पुल नबन्दासम्म वर्षायाममा दमक–१० र उर्लाबारी–९ का बासिन्दाले वारिपारि गर्न समस्या भोग्दै आएका थिए तर अहिले त्यही पुलको केही भागमा आवागमनमा नै असुविधा हुने गरी निर्मित संरचनामा क्षति आउन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको उहाँको भनाइ छ । उहाँले पुल मर्मतमा बेलैमा चासो नदिने हो भने थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

विसं २०७१ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको उक्त पुलको अझै औपचारिक भने उद्घाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार रु चार करोड ४० लाखमा २०० मिटर लामो पुल बनाउनुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ । झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रसमेत भइसकेको छ भने मोरङतर्फ आमबारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भटसमेत निर्माण भएको छ । दुवैतर्फ पुलसम्म नै कालोपत्र सडक पु¥याउन सकेमात्र त्यस सडकले प्राथमिकता पाउने अध्यक्ष खनाल बताउनुहुन्छ ।

पुल निर्माणले दमकदेखि विराटनगरसम्म पुग्नका लागि करिब ३० किलोमिटर छोटिएको भए पनि पुलको संरक्षणमा स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकेको उहाँको भनाइ छ । (रासस)