२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

उहाँको ९६ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ विसं २०१२ मा नेपालका प्रथम गर्भनर हुनुहुन्थ्यो । त्यस्तै विसं २००७ मा नेपालको अर्थ सचिव हुनुहुन्थ्यो ।

विसं २०१६ मा उहाँलाई व्यवस्था विरोधी भन्दै गर्भनरबाट बर्खास्त गरिएको थियो । त्यसपछि उहाँले युएनडिपीमा आबद्ध हुनुभयो । कतिपय देशमा उहाँले युएनडिपीको मिसन प्रमुखका रुपमा रहेर पनि सेवा गर्नुभएको थियो ।युएनको जागिरबाट फर्किएपछि उहाँले हिमालयन बैंक स्थापना गर्नुभएको थियो ।

जबरा आमनिर्वाचन पर्यवेक्षण समिति, जियोकका अध्यक्ष हुनुहुन्थ्यो । नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानका अनुसार जबराको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।