८ असार २०८३, सोमबार
,
Latest
बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

उहाँको ९६ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ विसं २०१२ मा नेपालका प्रथम गर्भनर हुनुहुन्थ्यो । त्यस्तै विसं २००७ मा नेपालको अर्थ सचिव हुनुहुन्थ्यो ।

विसं २०१६ मा उहाँलाई व्यवस्था विरोधी भन्दै गर्भनरबाट बर्खास्त गरिएको थियो । त्यसपछि उहाँले युएनडिपीमा आबद्ध हुनुभयो । कतिपय देशमा उहाँले युएनडिपीको मिसन प्रमुखका रुपमा रहेर पनि सेवा गर्नुभएको थियो ।युएनको जागिरबाट फर्किएपछि उहाँले हिमालयन बैंक स्थापना गर्नुभएको थियो ।

जबरा आमनिर्वाचन पर्यवेक्षण समिति, जियोकका अध्यक्ष हुनुहुन्थ्यो । नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानका अनुसार जबराको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।