२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले भएको प्रमाण पेश गर्न ओलीका साथमा गएँः वामदेव गौतम



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू एमाले भएको प्रमाण पेश गर्न अध्यक्ष केपी ओलीको पक्षमा गएको बताउनु भएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा नेता गौतमले पार्टी भित्रको विवाद मिलाउन र आफू एमाले भएको प्रमाण दिन ओलीको साथमा गएको बताउनु भयो । 

उहाँले भन्नुभयो "ठुलो घरको ठुलै चहल पहल हुदो रहेछ , राम्रो हुदाँ पनि राम्रो हुने भत्कँदा पनि भद्रगोल हुने अवस्था रह्यो ।"  

उहाँले नेताहरुले गर्न हुने नहुने काम गर्दाको परिणाम सन्तान दरसन्तान ले समेत भोग्नु पर्ने भन्दै अराजनीतिक क्रियाकलाप भएको टिप्पणी गर्नुभयो । 

उहाँले सबैतर्फबाट एकपछि अर्को ऐन नियम कुल्चँदै गरेको अवस्थाले शिर निहु¥याउने अवस्था आएको बताउनु भयो ।  

नेता गौतमले केही समय अघि अध्यक्ष ओलीले २०७५ जेष्ठ २ को बैठक बोलाएको र आफू त्यसमा गएको स्पष्ट पार्दे  भन्नुभयो केही साथीहरुले  वामदेव केपीतिर गयो भने , केपीतिर होईन एमालेमा गएको हुँ । नेता गौतमले  कतिपयले आफनो समुहमा दुःख प्रस्ताब पनि पारित गरेको उल्लेख गर्दे त्यसमा आफूलाई कुनै दुःख नलागेको बताउनु भयो  । 

उहाँले जुन भूमिका निर्बाह गर्न गएको थिए त्यो जिम्मेबारी नपाएपनि एमाले एकता हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो "सर्वोच्च अदालतको निर्णय  आएपछि एमाले एक हुन्छ । त्यो भन्दा अघि सम्भावना कम देख्छु तर हुँदा राम्रो ।"