२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ



अ+ अ-

बाँके । नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तु सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका(१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा रहेका छन् । 

उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।