१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिपः भारतले भुटानलाई हान्यो १२ गोल



अ+ अ-

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत भारतले सानदार सुरुवात गरेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भारले पहिलो खेलमा भुटानलाई १२–० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा अनिता, लिन्डा र नेहाले ह्याट्रिक गरिन् । यस्तै, अपूर्णले दुई गोल गर्दा नितुको नाममा एक गोल रह्यो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागि छन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसैबीच, नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।