काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आजै पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलको बैठकमार्फत एकताको सन्देश दिने एमालेको तयारी थियो ।
यद्यपि पावर सेयरिङमा सहमति जुट्न नसक्दा अझै ठोस निर्णय आउन सकेको छैन । एमालेमा पार्टी एकताका लागि दोस्रो तहका नेता पछिल्लो समय सक्रिय छन् ।