२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र वैधानिकः निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले वैधानिक रहेको ठहर गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।

अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायत माओवादी अवैधानिक भएको दावी गर्न आयोग पुगेका थिए । 

यता माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदनलाई पनि आयोगले खारेज गरिदिएको छ ।