• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक



फाईल फोटो

अत्तरिया । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताउनुभयो ।

अत्तरिया मोहना छ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो । उक्त छ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध गरिएको हो ।

“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर, सवारी दुर्घटना हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, जोहारीले बताउनुभयो । अहिले ट्राफिक प्रहरी प्रमुख नयाँ आउनेबित्तिकै कैलालीका धेरै ठाउँमा ट्राफिकले सवारी जाँचमा कडाइ गर्दै आइरहेको छ । जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्न लागिएको प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो । रासस