५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक



फाईल फोटो
अ+ अ-

अत्तरिया । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताउनुभयो ।

अत्तरिया मोहना छ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो । उक्त छ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध गरिएको हो ।

“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर, सवारी दुर्घटना हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, जोहारीले बताउनुभयो । अहिले ट्राफिक प्रहरी प्रमुख नयाँ आउनेबित्तिकै कैलालीका धेरै ठाउँमा ट्राफिकले सवारी जाँचमा कडाइ गर्दै आइरहेको छ । जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्न लागिएको प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो । रासस