२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप सुरु



अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र नेपालयले विजयी सुरुआत गरेका छन् । रेडिअन्टले पिपुल्स एकेडेमीलाई ४२–२८ ले पराजित ग-यो । रेडिअन्टको जितमा सन्तोष शर्माले १२ अंक योगदान गरे । आयुश राईको १२ अंक सहयोगमा एमआईएसले पुष्पसदनलाई २१–२० को झीनो अन्तरले हरायो । नेपालयले एपेक्स लाइफ स्कुललाई १५–२ ले पाखा लगायो । नेपालयका निश्चल भण्डारीले ७ स्कोर गरे ।

गल्र्स बास्केटबलमा संस्कृतिले द चाँदबाग स्कुललाई २५–६, रिब्सले आयोजक एक्सेल्सियरलाई ७–६ र एमआईएसले न्यु इरालाई १७–६ ले पन्छाए । संस्कृतिकी रियाना महर्जनले ७, रिब्सकी हुमा लिम्बूले ४ र एमआईएसकी प्राची सिंहले ९ अंक जोडे ।

ब्वाइज फुटबलको यु–१२ मा संस्कृति र स्वस्तिश्री गुरुकुलले जित निकाले । संस्कृतिले रेडिअन्टलाई २–१ गोलले पराजित ग-यो । संस्कृतिका रोजोल खतिवडा र सौरव कृष्णले १–१ गोल गरे । रेडिअन्टका रिजन बख्रालले १ गोल फर्काए । स्वस्तिश्रीले दोहोरो जित आत्मासात् ग¥यो । स्वस्तिश्रीले एक्सेल्सियरमाथि १–० को कठिन जित दर्ता ग-यो । दिपसिङनर महर्जनले निर्णायक गोल गरे । अर्को खेलमा स्वस्तिश्रीले काभ्यालाई ३–० गोलले पराजित ग-यो । विजेताका रिजन गुरुङले २ गोल गरे भने १ गोल आत्मघाती रह्यो ।

ब्वाइज फुटबलकै यु–१६ मा एनआईसी एकेडेमी र होली भिजनले सफलता पाए । एनआईसीले काभ्यामाथि ६–० को सहज जित रच्यो । एनआईसीका अनिश जोशीले ४ तथा वाङगेल गुरुङले २ गोल गरे । होली भिजनले हार्टल्यान्डलाई ५–४ गोलले पराजित ग¥यो । होली भिजनका प्रयासले ४ तथा सुशान्तले १ गोल गरे । हार्टल्यान्डका अनिश रोजराले २ तथा विकास गुरुङ र करन लामाले १–१ गोल गरे ।

फाइभ ए साइड फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिमले भाग लिएका छन् । प्रतियोगिता माघ २६ गतेसम्म चल्ने छ ।




भर्खरै