२१ असार २०८३, आईतवार
,
Latest
संवेदनशील विषयमा मन्त्रीहरूको अभिव्यक्ति प्रति गगन थापाको असन्तुष्टि, ‘सरकारले संविधानको संवेदनशीलता बिर्सियो’ मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा १० बुदे सहमति (मस्यौदासहित)



अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रिय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव गरेको छ ।

यसको साथै सर्वोच्च अदालतले नेकपा खारेज गरि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बनाए पछि पार्टीको नाममा भएका सबै निर्णय खारेज गर्ने प्रस्तावमा सहमति भएको छ । यसका साथै दुई पार्टी भएपछि नेकपा एमालेमा नै रहेका नेकपामाओबादी केन्द्रका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा रहँदाको पद र हैसियतमा रहने गरि प्रस्ताव गरिएको छ । 

यस्तै सर्वोच्चमा विचाराधीन मुद्दालाई अशर गर्ने गरि कुनैपनि क्रियाकलाप वा अभिव्यक्ति नदिने प्रस्ताव पनि १० बुँदे सहमतिमा गरिएको छ । यो सहमतिको प्रस्तावलाइ दुवै शिर्ष नेताहरुलाई दिएर भोलिको स्थाई समितिको बैठकमा पेश गर्ने बताइएको छ । 

बिहान ९ बजे देखि बसेको बैठक लगातार १३ घण्टा बसी १० बजे सकिएको थियो ।