५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने(भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

पार्टिका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्यसमितिको बैठकले माघ २३ गते हुने उपाध्यक्षको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रमुख सचेतक रमेश लेखकले उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको बताए । यस्तै, राष्ट्रपतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्ने कुरा बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको उनले बताए ।

लेखकले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत बताए । कांग्रेसले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उनले बताए ।