१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक जना क्यानडेली नागरिक पक्राउ परेका छन्।

क्यानेडियन नागरिक मोहमद कमल मोहगोबलाई ९ किलो सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो । बुधबार दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलो परिणाममा सुन भेटिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

पक्राउ परेका क्यानडेली नागरिक महमदलाई केएमसी अस्पताल सिनामंगलमा मेडिकल जाँच गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।