३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले तोक्यो ग्रेडिङअनुसार खेलाडीको पारिश्रमिक: कस्को कति ?



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले छ महिनाको केन्द्रिय करारको लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले २०२३ को जनावरी देखि जुनसम्म छ महिनाको लागि १८ पुरुष र १२ महिला गरी ३० खेलाडीहरुको वर्गीकरण गरेको हो । बैठकले ग्रेडिङअनुसार खेलाडीको पारिश्रमिक तोकेको छ ।

नयाँ ग्रेडिङमा पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ग्रेड ‘बी’मा ३ र ग्रेड ‘सी’मा १० जना रहेका छन् । यस्तै, महिलातर्फ ग्रेड ‘ए’ र ग्रेड ‘बी’मा ३/३ जना रहेका छन् भने ग्रेड ‘सी’मा ६ जना छन् ।

क्यानको अनुसार पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीले ६० हजार प्राप्त गर्नेछन् । ग्रेड ‘बी’ मा रहेका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार पाउनेछन् । यस्तै, महिलातर्फ ग्रेड ‘ए’ का खेलाडीले २१ हजार प्राप्त गर्नेछन् भने ग्रेड ‘बी’ का खेलाडीले १८ हजार र ‘सी’ ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् भने ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन्। यस्तै ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

यस्तै, महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । यस्तै, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम परेका छन् ।