२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न जोगायो



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त–९ खल्ला, वडा नं १० भुजेला, वडा नं ५ बनखेत र दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारीका गरी ३९ परिवारको घर डुबानमा परेको हो ।

वर्षाका कारण नदी तथा खोलाको बहाव बढेसँगै पानी घरभित्र पसेपछि खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । धनजनको क्षति हुन नदिनका लागि डुबानमा परेका परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । 

यसैबीच सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतिकभरको भवनलाई जोगबुढा नदीको बाढीको पानीले डुबानमा पारेपछि नजिकैको हरिओम आधारभूत विद्यालयमा सशस्त्र प्रहरीलाई सारिएको छ । रातिदेखिको लगातारको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका अधिकांश घर डुबानमा परेका थिए । अहिले वर्षा हुने क्रम रोकिएसँगै डुबान क्षेत्रबाट पानी घट्ने क्रम जारी रहेको छ । वर्षाका कारण महेन्द्रनगर बजारसहित ऐठपुर, बसपार्क र सब्जीमण्डी क्षेत्र डुबानमा परेको थियो । 

महेन्द्रनगर बजारमा ढल व्यवस्थापनको कार्य नगरिँदा थोरै पानी पर्दासमेत बजार क्षेत्र डुबानमा पर्ने गरेको छ । स्थानीयवासीले खोला मिचेर घरलगायतका भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दोरुपमा हुन थालेपछि पानी बग्ने निकास रोकिँदा डुबान हुने गरेको स्थानीयवासीको भनाइ रहेको छ । 

यसैबीच भीमदत्त–५ मा रहेको वृद्ध सेवा केन्द्रमा नजिकैको नालाको पानी भरिँदा लाखौँको नोक्सानी भएको छ । वृद्धाश्रमका सञ्चालिका शारदा चन्दका अनुसार भण्डारण गरेर राखिएको खाद्यान्नमा पानी पस्दा भिजेर कामै नलाग्ने भएको छ । वृद्धाश्रममा पालिएका ५०० कुखुराका चल्लासमेत पानीमा डुबेर मरेका छन् ।