• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

आत्मदाहका घटना बढे, उच्च स्तरीय न्यायिक आयोग गठन हुनुपर्छः अमरेशकुमार सिंह



काठमाडौं । सांसद अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले आत्मदाहको घटना सिर्जना हुनुमा सरकार पनि दोषी रहेको बताउँदै यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भिर बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘आत्मदाहका घटना बढेको देखिन्छ । यस्ता घटना नदोहोरियोस् । के कारणले आत्मदाह भइरहेको छ, उच्च स्तरीय न्यायिक आयोग गठन होस् ।’