२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेष्ट सिरिजअघि टिम अष्ट्रेलिया समस्यामाः उस्मान ख्वाजालाई भारतको भिसा मिलेन



अ+ अ-

एजेन्सी । भारतसँगको चार टेष्टको शृङ्खला अघि अस्ट्रेलिया टोलीलाई झट्का लागेको छ । अस्ट्रेलियाका ब्याट्सम्यान उस्मान ख्वाजाले भारतको भिसा पाउन सकेका छैनन् ।

यस्तो अवस्थामा उनी मंगलबार टोलीसँग भारत जान पाएका छैनन् । उनले बिहीबार भारतको लागि उडान लिनेछन् । अस्ट्रेलियाका ब्याट्सम्यानले आफैंले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू भारतको भिसा पर्खिरहेको लेखेका छन् ।

उस्मान ख्वाजा बाहेक अष्ट्रेलियाको टोली एलन बोर्डर पदक समारोहमा भाग लिएर मंगलबार राति सिड्नीबाट भारत प्रस्थान गरेको छ । अष्ट्रेलियाले ख्वाजाको भिसा क्लियर हुने अपेक्षा गर्दै बिहीबार भारत जाने जनाएको छ ।

उस्मान ख्वाजाको प्रदर्शन पछिल्लो समय प्रभावशाली रहेको छ । उनले अष्ट्रेलियाका लागि ५६ टेस्टमा १३ शतक सहित ४१६२ रन बनाएका छन् । यस्तै, उनले ४० एकदिवसीय खेलमा १५५४ रन र ९ टी–२० खेलमा २४१ रन बनाएका छन् ।

भारत र अष्ट्रेलियाबीचको टेस्ट ९ देखि १३ फेब्रुअरीसम्म महाराष्ट्रस्थित भीसीए स्टेडियममा हुँदैछ ।