१० श्रावण २०८३, आईतवार
,
Latest
झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेष्ट सिरिजअघि टिम अष्ट्रेलिया समस्यामाः उस्मान ख्वाजालाई भारतको भिसा मिलेन



अ+ अ-

एजेन्सी । भारतसँगको चार टेष्टको शृङ्खला अघि अस्ट्रेलिया टोलीलाई झट्का लागेको छ । अस्ट्रेलियाका ब्याट्सम्यान उस्मान ख्वाजाले भारतको भिसा पाउन सकेका छैनन् ।

यस्तो अवस्थामा उनी मंगलबार टोलीसँग भारत जान पाएका छैनन् । उनले बिहीबार भारतको लागि उडान लिनेछन् । अस्ट्रेलियाका ब्याट्सम्यानले आफैंले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू भारतको भिसा पर्खिरहेको लेखेका छन् ।

उस्मान ख्वाजा बाहेक अष्ट्रेलियाको टोली एलन बोर्डर पदक समारोहमा भाग लिएर मंगलबार राति सिड्नीबाट भारत प्रस्थान गरेको छ । अष्ट्रेलियाले ख्वाजाको भिसा क्लियर हुने अपेक्षा गर्दै बिहीबार भारत जाने जनाएको छ ।

उस्मान ख्वाजाको प्रदर्शन पछिल्लो समय प्रभावशाली रहेको छ । उनले अष्ट्रेलियाका लागि ५६ टेस्टमा १३ शतक सहित ४१६२ रन बनाएका छन् । यस्तै, उनले ४० एकदिवसीय खेलमा १५५४ रन र ९ टी–२० खेलमा २४१ रन बनाएका छन् ।

भारत र अष्ट्रेलियाबीचको टेस्ट ९ देखि १३ फेब्रुअरीसम्म महाराष्ट्रस्थित भीसीए स्टेडियममा हुँदैछ ।