२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी



अ+ अ-

खलङ्गा । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।

क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताउनुभयो । उहाँका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । “पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ”, उहाँले भन्नुभयो । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन् ।

हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताउनुभयो । यस्तै चोरी डकैती मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, बन्यजन्तु ओसारपोसारका तीन कैदी र एक बन्दी तथा लागूऔषध मुद्दाका एक कैदी (पुरुष) र एक बन्दी (पुरुष) रहेका प्रमुख पन्तले बताउनुभयो ।

यसैगरी जबरजस्ती करणी, बालविवाह मुद्दाका एक पुरुष कैदी, बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा रहेका छन् । रासस