२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै आऔँ, मर्यादित पोशाक लगाऔँ र राष्ट्रियगान गाऔँ– सोविता गौतम



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा रास्वपाका सोविता गौतमले सदन समयमै उपस्थित हुने, ड्रेसकोड कायम गर्ने र राष्ट्रिय धुनको सट्टा राष्ट्रिय गान नै बजाऔँ भन्ने विषयसहितका सुझाव प्रस्तुत गर्नुभयो ।

सभामुख सदनमा प्रवेश गर्नसाथ राष्ट्रिय धुन बजाइने र त्यहाँ उपस्थित सबै उठेर राष्ट्रिय धुनप्रति सम्मान गर्ने प्रचलन रही आएको छ । उहाँले भन्नुभयो, “पङचुवालिटी, सभालाई मर्यादित तुल्याउन ड्रेसकोट, राष्ट्रिय गानप्रति सम्मान व्यक्त गर्न त्यो बजाइँदा सबै शर्तक अवस्थामा रहनुपर्ने व्यवस्था होस् भन्ने हाम्रो दलको धारणा हो ।”

सदनमा सभामुखको भूमिका निर्णाय९रेफ्री० जस्तो हुन्छ भन्ने मान्यता भए पनि कहीले काही प्रतिपक्षलाई पेलेर जान्छन् भन्ने कुरा सुनिँदै आएको बताउँदै समिति सदस्य गौतमले सभामुख कुनै दल विशेषको पक्षधर भएको खण्डमा त्यसको उपचार वा सम्वोधन कहाँबाट खोज्ने भन्ने विषय पनि निमयमालीमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

दल विशेषको सभामुख बनाउने होडबाजीले त्यो अवस्था आउन सक्नेतर्फ समयमै सचेत भएर निमयमावली बनाउन ध्यान पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा(माओवादी केन्द्) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सभालाई मर्यादित र अनुशासित तुल्याउन सदन चलिरहेका समयमा मुख्य विषयमा ध्यान दिनुको साटो मोवाइल चलाउने, पत्रपत्रिका पढनेलगायत विषयमा अल्झने प्रवृत्ति अन्त्यका लागि नियमावली तर्जूमामै कडाई गर्न व्यवस्था गर्न सुझाव दिनुभयो ।

नेकपा (एमाले)का नेता एवं पूर्वसभामुख सुवास नेम्वाङले नियमावलीमा सदनमा सभामुखतिर पीठ्यू फर्काउन नहुने स्पष्ट लेखिए पनि नेता र सदस्यबीचका सम्वादमा यस्ता क्रियाकलाप पटकपटक हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै सदस्यले बैठकमा असङ्गत कुरा बोलेमा माथि चियरबाट हस्तक्षेप नहुने हो भने नहुनु पर्ने कुरा पनि भइरहन्छ, बैठकमा कार्यसूचीभन्दा बाहिर गएर असम्बन्धित विषय प्रवेश गराउने कार्य पटक भएको देखिन्छ, त्यसलाई अध्यक्षको चियर र नियमापत्तिको अभ्यासबाट सदस्यले हो ।”

जेष्ठ सदस्य चित्रबहादुर केसीको अध्यक्षतामा सञ्चालन भएको उक्त समितिको बैठकमा सदनमा विरोध गर्ने क्रममा वयल घेराउन कार्य नियम विपरित भए पनि दलले अभ्यासकैरुपमा अघि बढाइरहेकाले त्यसलाई आगामी दिनमा दोह¥याउन दिन नहुने सुझाव दिइयो ।