११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
अ अ+ अ-

काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठान्नुभयो । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उहाँ नजिकैको भृकुटिमण्डपस्थित काठमाडाँै ‘फन पार्क’ पुग्नुभयो ।

फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकी भन्नुहुन्छ, “मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि ।” दसँैंतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोज्नुभएको छ ।

डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्नुहुन्छ । दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उहाँलाई बाल उद्यान खोज्नु परेको हो ।

कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उहाँले पनि फन पार्क घुमाउन आउने गरेको बतानुभयो । भृकुटिमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गर्नुभएकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाउनुभयो ।

“घर वरिपरि खेल्ने न आँगन ठूलो छ न चौर नै”, उहाँले भन्न्नुभयो, “कोठामा थुनिरहनुभन्दा फन पार्क घुमाउन आउँछु ।”

शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उहाँ जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउनुहुन्छ । “फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु”, उहाँले भन्नुभयो,“पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।”

महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताउनुभयो । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उहाँले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताउनुभयो ।

“बिहानै स्कुल पुग्ने छोरी बेलुका कामबाट फर्किँदा निदाइसकेकी हुन्छिन्”, उहाँले भन्नुभयो, “स्कुल बिदा भएपछि खुसीले फुर्किएकी छोरी घुमाउने अभिभावकको जिम्मेवारी महसुस भएको छ ।” जैशीले छोरीलाई खानपिन र किनमेलमा भन्दा पनि धेरैभन्दा फन पार्कमा खेलाउन उपयुक्त हुने बताउनुभयो । फन पार्कमा खेल्दा बाहिरी मौसम नियाल्दै थुप्रै जीवन उपयोगी ज्ञान आर्जन गर्न सकिने उहाँको बुझाइछ ।

यस्तै बागबजारकी सम्झना कार्कीको अहिले पूरै समय दुई छोराकै लागि छुट्याउनुभएको छ । चाडपर्वमा एक महिना स्कुलले बिदा दिएपछि उहाँ छोराछारीप्रति झनै व्यस्त हुनुभएको हो । स्कुल बिदामा अभिभावकले बालबालिकालाई खुसी बनाइराख्न विभिन्न उपाय अपनाउनुपर्छ । जसमा कार्कीले फन पार्कमा खेलाएरै उनीहरुलाई रमाइलो गराउने गरेको उहाँले बताउनुभयो ।

“समयले भ्याएसम्म बाल उद्यान ९खेल्ने ठाउँ० लैजान्छु”, उहाँले भन्नुभयो,“केटाकेटी खुसी भए, हामी अभिभावक यसै खुसी भइँदोरहेछ ।” उहाँका अनुसार काठमाडाँैमा बालबालिकाले खेल्ने प्रशस्त बालमैत्री उद्यान नभएको गुनासो छ । रत्नपार्क र काठमाडौँ फन पार्क बाहेक अन्य बालमैत्री उद्यानको अभाव रहेको उहाँले सुनाउनुभयो ।

पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताउनुभयो । उहाँका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्यो भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उहाँले बताउनुभयो ।

दसँैतिहार पर्व मनाएपछि रमाइलो गर्न चाहने बालबालिकाका लागि फन पार्कमा खुला हुने गरेको उहाँले जानकारी दिनुभयो । विगतको अनुभव सुनाउदैँ दसैँको टीका लगाएर अभिभावकले छोरोछोरी फन पार्कमा खेलाउन ल्याउने गरेको खत्रीले बताउनुभयो । “सानादेखि ठूलाले पर्वमा फन पार्क आएर रमाइलो गर्नुहुन्छ,” उहाँले भन्नुभयो,“काठमाडाँै बाहिर जानेहरुको सङ्ख्या धेरै भएकाले पर्वको बेला चाप भने कमै हुन्छ ।”

दसैँतिहार जस्ता चाडपर्वमा बालबालिकाले देखेर, सुनेर र अनुभव गरेर धेरै बाहिरी ज्ञान आर्जन गर्न सक्ने डा अरुण कुँवरले बताउनुभयो । यसका लागि परिवार र आफन्तले बालबालिका अनुकुल समय दिनु आवश्यक छ । छोराछोरीको व्यक्तित्व विकास गर्न र सामाजिक अन्तरघुलन स्वभाव उजागर गराउन अभिभावकले सकेसम्म घरबाहिरै खेलाउन उपयक्तु हुने उहाँको धारणा छ । बाहिर जति केटाकेटी खेल्छन्, उति मोबाइल जस्ता डिजिटल लतबाट टाँढिन सजिलो हुन्छ,” डा, कुँवरले भन्नुभयो । रासस