२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण



अ+ अ-

काठमाडौँ । नेपाल—भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टिकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरुलाई बुधवार राहत वितरण गरेको हो । बाढीबाट प्रभावित ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका वडा नं। ६ टिकाभैरव र वडा नं। १० का एकसय भन्दा बढी घरधुरीलाई राहत वितरण गरिएको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको पहल र वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको उपस्थितिमा केन्द्रको तर्फबाट सय भन्दा बढी घरधुरीलाई खाद्यान्न, जस्तापाता लगायतका सामग्री वितरण गरिएको छ । राहत वितरणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष अन्सारीले आफूहरुले बाढी प्रभावितहरुलाई मल्हम लगाउने काम गरेको बताउनुभयो । उहाँले विपद्मा परेकाहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने भन्दै त्यसका निम्ति आव्हान गर्नुभयो । उहाँले प्रभावितहरुलाई राहत दिन सरकारसँग आग्रह पनि गर्नुभयो ।

वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले अध्यक्ष अन्सारीले ललितपुर क्षेत्रमा विपद्को बेलामा आफ्नो प्रयत्नबाट राहत सामग्रीहरु वितरण गर्ने गरेको भन्दै यस प्रकारको कामको निरन्तरताको कामना गर्नुभयो ।