२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन

जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन
अ अ+ अ-

काठमाडौं । सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।

सहरी विकास मन्त्रालयको भवन, आवास तथा योजना महाशाखा प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । जग्गा, आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई सुधारसहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

कार्यदलमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायण भण्डारी, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारी, नेपाल जग्गा तथा आवास विकास महासङ्घका दुई प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव र सदस्य सचिवका रुपमा सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय कार्यान्वयन इकाइका आयोजना निर्देशक प्रकाश अर्याल सदस्य हुनुहुन्छ ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घले गत साउन ११ गते सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका प्रष्ट गर्दै सहरी पूर्वाधार तथा सेवाको विकाससम्बन्धी एकीकृत ऐन जारी गर्न, घर तथा आवास भवनलाई पूर्वाधार निर्माण उद्योगका रुपमा स्वीकारेकाले यो क्षेत्रलाई अन्य उद्योगले पाए सरह सुविधा दिन सुझाव दिएको थियो । आव २०७९र८० को बजेटमा समावेश भएको एक सयभन्दा बढी युनिट भएको ‘अपार्टमेन्ट’मा बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशीले खरिद गर्न पाउने घोषणालाई प्रभावकारी कार्यान्वयन गर्न, ‘प्लानिङ पर्मिट’ प्राप्त ‘रियलस्टेट’ कम्पनीहरुलाई मात्र घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न महासङ्घले माग गरेको थियो ।

त्यस्तै, मेगासिटी, स्मार्टसिटी, पूर्वाधारयुक्त करिडोर र व्यवस्थित सहरीकरणमा निजी लगानी आकर्षित गर्न सरकारी अनुमति प्राप्त रियलस्टेट कम्पनीलाई सहभागी गराई सहकार्य गर्ने कानुनी व्यवस्था गर्ने, हाल स्थानीय निकायले लिने सिफारिस शुल्क समान कायम गर्ने, रियलस्टेट उद्योगलाई बहुवर्षीय आयोजनासरह सुविधा दिनेलगायत सुझावमाथि कार्यदलले अध्ययन गर्नेछ । रासस