१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर)



अ+ अ-

काठमाडौं । देशभ दशैंको उल्लास छ । विदेशीएकाहरु घर फर्किरहेका छन् । देशभित्रै भए पनि आफ्नो थातथलो छाडेर बाहिर बसिरहेकाहरु घर फर्किंदै छन् । ठाउँठाउँमा पिङ हालेर रमाइलो गरिँदै छ । शक्तिपीठहरु झकिझकाउ पारिएको छ । मन्दिरमा मानिसको बिहानैदेखि साँझ अबेरसम्म घुइँचो लाग्छ ।

यो बेला मौसम पनि निकै सुन्दर भएको छ । मनसुन लगभग बाहिरिएको छ । आकाश खुलेको छ । खेतमा लगाइएको धान पाकेर झुलेको छ । गाउँवस्तीमा खुसीयाली छाएको छ । दशैंका लागि मानिसहरुलाई खसीबोका खरिद बिक्री गर्ने चटारो छ ।

देशका विभिन्न भागमा आज दिनभर देखिएका केही दृष्य समेटेर राससकर्मीहरुले विभिन्न स्थानमा खिचेका तस्बिर ।

बडादसैँको सातौँ दिन बुधबार बिहान दाङको घोराही उपमहानगरपालिका- १८ स्थित अम्बिकेश्वरी मन्दिर अम्बापुरमा पूजाअर्चना गर्न आएका भक्तजन ।
महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वर नगरपालिका-१ मा दुर्गा पूजाको लागि बिजुली बत्तीले झिलिमिली सजाइएकाे दुर्गा मन्दिर । 
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा बडादसैँका लागि घर जाने यात्रुको घुइँचो । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य ।
 नेपाल–भारत सीमा सुनौली नाकामा दसैँको समयमा भारतबाट फर्किंदै गरेका सर्वसाधारण तथा सवारीसाधनको भीड ।
दसैँका लागि हिमाली जिल्लाहरुबाट ल्याएर पोखराको सिमपानीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा बुधबार छनोट गर्दै ग्राहक । यसवर्ष पोखरामा १५ हजार हाराहारीमा भेडाच्याङ्ग्रा ल्याइको छ । 
तनहुँको व्यास नगरपालिका–३ प्रशासन चोकमा बुधबार बिक्रीका लागि खसी जोख्दै । जिउँदो प्रतिकेजी रु पॉच सय ५० मा खसी बिक्री भइरहेको छ ।

कपिलवस्तुको चन्द्रौटामा बुधबार पिङ खेल्दै बालबालिका ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा दसैँका अवसरमा हालिएको लिङ्गेपिङ खेल्दै स्थानीय महिला ।
दसैँको पूर्वसन्ध्यामा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस परिसरमा बुधबार चङ्गा उडाएर रमाउँदै बालबालिका ।