२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ दिनभित्र प्रधानमन्त्री, ७ दिनभित्र संसद बैठक, ३० दिनपछि के ?



अ+ अ-

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाली कांग्रेसका  संसदीयदलका नेता शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रतिनिधिशभा बिघटनसम्बन्धी मुद्दामा फैसला सुनाउदै संवैधानिक ईजलासले  संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । 

हुनत: यो निवेदककै मागदाबी थियो । तर पनि यस्तो आदेशको अपेक्षा भने कमै गरिएको थियो । यद्यपि, यो आदेश सर्वाेच्च अदालतको भएकोले यसलाई अनपेक्षित भन्न मिल्दैन, सकिँदैन । 

आजको संक्षिप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५)  र  ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताउनु भयो ।  

फैसलामा भनिएको छ , शेरबहादुर देउवासमेतका १४६ सांसदले गरेको दावी पुग्न नसक्ने भनि राष्ट्रपतिले गरेको निर्णय संवैधानिक भएको पाइएन । राष्ट्रपतिको निर्णय, संसद विघटन सबै कामकारवाही उत्प्रेषणको आदेशले बदर गरिएको छ ।’

सर्बोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम १४६ सासंदको समर्थनमा प्रधानमन्त्री पदमा दाबी गर्नुभएका नेपाली काग्रेस संसदीयदलका नेता शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएको छ । 

आदेशसंगै अर्काे एक राजनीतिक संशय पनि शुरु भएको छ । त्यो देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै हुरु हुन्छ । देउवाले प्रतिनिधिसभाबाट एक महिनाभित्र बिश्वासको मत लिनुपर्ने छ । देउवाले बिश्वासको मत प्राप्त गरे प्रतिनिधिशभाले पुरै कार्यकाल रहने छ । यदि देउवाले बिश्वासको मत प्राप्त नगरेमा प्रतिनिधिशभा पुनः बिघटनको बाटोमै जाने निश्चित जस्तै छ । 

अघिवक्ता ओमप्रकाश अर्यालका अनुसार देउवाले बिश्वासको मत प्राप्त गर्न नसकेमा प्रतिनिधिसभा बिघटन भई मुलुक निर्वाचनमा जान्छ । सरकार गठनको लागि राष्ट्रपतिको कुनै भूमिका रहदैन केबल दायीत्व मात्र हो भन्नुहुन्छ उहाँ । 

यसैले नयाँ सरकारसँगै अब नयाँ आशंका र संशय पनि शुरु भएको छ । यदि काँग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत लिन सकेनन् भने अबको राजनीति कसरी अघि बढ्छ या ३० दिनपछि के हुन्छ भन्ने नै अहिलेको चासोको विषय हो । 




भर्खरै