२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसलापछि ओली पक्षको प्रतिक्रिया: ‘अदालतको आदेशले संविधानको मूल संरचनालाई खलबल्याइदियो’



अ+ अ-

काठमाडौं । सत्तारूढ नेकपा एमालेका प्रवक्ताले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले सोमवार दिएको आदेशले 'संविधानको मूल संरचनालाई नै खल्बल्याइदिएको' बताएका छन्।

बीबीसी नेपालीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको पछिल्लो निर्णयले कार्यपालिका, न्यायपालिका र विधायिकाबीचको शक्ति सन्तुलन र नियन्त्रणमा प्रश्न उठाएको बताए।

ज्ञवाली भने, "राज्यका तीन तहका संरचनाबीच जुन सन्तुलन हुनुपर्ने हो त्यसमाथि सर्वोच्च अदालतको फैसलाले गम्भीर प्रश्न उठाएको छ। यसबारे हामी पार्टीभित्र गम्भीरतापूर्वक छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्छौँ।"

नेपालको संविधानले सरकार बन्ने निश्चित प्रक्रियाहरु निर्धारण गरेको भए पनि सर्वोच्च अदालतको आदेशले त्यससम्बन्धी व्यवस्थाहरूलाई उल्लङ्घन गरेको पनि उनले उल्लेख गरे।

संविधानको धारा ७६ ९५० अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेपछि त्यसलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहितका १४६ जनाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले सोमवार आदेश दिएको हो।

त्यसबेला देउवालाई समर्थन गर्नेमध्ये २६ जना सत्तारूढ नेकपा एमालेका सांसद थिए। उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त गर्दा दलको ह्विप नलाग्ने भन्दै अदालतले देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। (बीबीसी)