२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

बारा । किर्ते सवारी पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका-४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय गोपाल प्रसाद साह र ना.१ ज ७२८८ नम्बरको सुमो गाडीका धनी सोही उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय जयनारायण प्रसाद जैसवाल रहेका छन् । 

जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीको कागजातहरु जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो । 

 थप अनुसन्धानको क्रममा उक्त किर्ते पास गोपाल प्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर, १ थान सिपियू र १ थान मनिटर सहित फेला पारी गोपाल प्रसादलाई पक्राउ गरेको हो । 

 उनीहरू उपर लिखत सम्बन्धी कसूर (किर्ते मुद्दा)मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।