२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसलाले कानुन भन्दा बाहिर गएर काम गरेको खण्डमा न्यायलयले कर्म गर्नेे सन्देश दिएको छ: विश्व प्रकाश शर्मा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसला लगत्तै न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदैँ कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माल प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत योग्य र ऐतिहासिक भएको बताउनुभएको हो । 

उहाँले फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको बताउनुभयो । कार्यपालिकाकाले संविधान र कानुन भन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायलयले कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको उहाँले बताउनुभयो । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायलयले गरेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानु पर्छ भनेर पनि स्थापित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ । नेपाली कांग्रेस यसलाई स्वागत गर्दछ । यो फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको छ । एउटा संदेश यदी कार्यपालिकाकाले संविधान र कानुन भन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधान मा नै व्यवस्था गरेको प्रबन्ध बमोजिम संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा हाम्रो न्यायलयले त्यो कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको छ । र संबैधानिक इजलास साचो अर्थमा सम्मानित पुष्टि भएको छ ।

अर्को सन्देश यसले राजनीतिक रुपमा पनि दिएको छ । संविधानले संसदलाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ । यो फैसलाको अन्तरनिहीत आत्माको व्याख्या गर्नुपर्दा, अब नेपालको संविधानसभाले निर्माण गरेको सविधानभित्रबाट कुनै पनि अधिनायकको जन्म, यसबाट अधिनायकवादतर्फ लैजान्छु भन्ने दुश्सप्न आजका प्रधानमन्त्री मात्रै होइन भविश्यका कसैले पनि गर्नुहुन्न र लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको छ । यसले (परमादेश) नेपाली कांग्रेस पार्टीका लागि सरकार निर्माण गर्ने अवसर मात्रै प्रवक्ताको रुपमा मैले भन्दै गर्दा पनि यो केबल सरकार बनाउने अवसर होइन है इतिहास निर्माण गर्ने अवसर हो ।”

संविधान ठिक ठाउँमा आउनु पर्छ भनेर आ आफ्नो स्थानबाट योगदान गर्नेहरु प्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ । प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जीतको रुपमा, लोकतन्त्रको जीतको रुपमा नेपालको संविधानको जीतको रुपमा र यो जीतलाई जताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रुपमा पनि लिने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापुर्वक मार्ग प्रशस्त गर्न ढिलाई गर्नु हुने छैन भन्ने विश्वास कंग्रेसले लिएको पनि प्रवक्ता शर्माले बताउनुभयो ।