२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै



अ+ अ-

काठमाडौं । माधवकुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर ठहर गर्दै  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आगामी रणनीतिबारे छलफल गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरु नेपाल निवासमा जुटेका हुन् । 

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन् ।