२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा कैफियत भेटिएको हो ।

बजार अनुगमनका क्रममा माघ १५ गतेसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न छ स्थानमा भएको अनुगमनबाट १७ वटा पसलमा अन्तःशुल्क नतिरेका मदिरा र सुर्तीजन्य वस्तु देखिएको हो । आन्तरिक राजस्व विभागका अनुसार चोरीपैठारी गरेर नक्कली अन्तःशुल्क टिकट प्रयोग नभएका करिब रु १८ लाख बराबरको सामान बरामद भएको छ । त्यस्ता कसुरमा संलग्न केही व्यक्तिलाई हिरासतमा लिई थप अनुसन्धानसमेत भइरहेको विभागले जनाएको छ ।

यस वर्ष सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन । अन्तःशुल्कजन्य वस्तु अवैध रुपमा भित्रिएर राजस्व छली हुँदा कम असुली भएको हुनसक्ने शङ्का लागेपछि अनुगमन बढाइएको आन्तरिक राजस्व विभागले जनाएको छ । “अन्तःशुल्क लक्ष्यअनुसार उठ्न नसक्नुमा बजार अनुगमन प्रभावकारी रुपमा हुन नसकेको हो कि भन्ने प्रश्न थियो । पछिल्लो १५ दिनमा विभिन्न १७ ठाउँमा अन्तःशुल्क छली गरेका सामान भेटिएका छन्”, विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले भन्नुभयो ।

विभागका अनुसार आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट भएको अनुगमनमा रुद्र कोल्ड सेन्टर, झरना कोल्ड स्टोर्स, हिमाली कोल्ड सेन्टर, पुरी किराना पसल, स्तभ्य स्टोर्स र पुरी किराना पसलबाट अवैध अन्तःशुल्कजन्य वस्तु जफत भएका छन् । रुद्र कोल्ड सेन्टर र झरना कोल्ड स्टोर्समा अवैध रुपमा नेपाल भित्रिएको ‘सिक्किमे रम भेटिएको थियो । रुद्र कोल्ड सेन्टरका सञ्चालक रुद्रबहादुर विष्ट र झरना कोल्ड स्टोर्सका सञ्चालक महेन्द्र बर्देवालाई गिरफ्तार गरी अनुसन्धान कार्य अघि बढाएको छ ।

त्यस्तै, सिक्किमे रम भेटिएको अर्को पसल हिमाली कोल्ड सेन्टरका सञ्चालक धनकुमार थुलुङलाई पनि गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । भद्रपुरकै पुरी किराना पसलमा एक सय ८० किलो सुर्ती र केही बिँडी बरामद भएपछि सञ्चालक गङ्गाप्रसाद पुरी र स्तभ्य स्टोर्समा ५५ किलो खैनी भेटिएपछि सञ्चालक भुवन कार्कीलाई गिरफ्तार गरिएको छ ।

करदाता सेवा कार्यालय फिदिमले गरेको अनुगमनमा दीपा एन्ड पवन स्टोर्समा ‘सिक्किमे गोल्डेन ब्रान्ड’को मदिरा जफत गरेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालय दमकले अनुगमनका क्रममा जवानी कोल्ड स्टोर्स सेन्टर र अपेक्षा कोल्ड स्टोर्समा भारतीय ब्रान्डका अवैध मदिरा भेटाएको छ ।

त्यस्तै, दमककै सोमिया सप्लायर्सबाट बिल बीजक नरहेका भारतीय ब्रान्डका दूधबाट बनेका अन्तःशुल्कजन्य वस्तु बरामद भएका छन् ।

आन्तरिक राजस्व कार्यालय महाराजगञ्जले गरेको अनुगमनमा जिउ हिउ स्याङ होटल एन्ड रेस्टुरेन्ट प्रालिमा १६ बोतल चिनियाँ अवैध मदिरा भेटिएको छ । उक्त मरिदाको बिल बीजक नरहेको र अन्तःशुल्क स्टिकर नटाँसिएको जनाइएको छ ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय ललितपुरले हान युयान कल्चर फुडमा पनि चिनियाँ मदिरा भेटेको थियो । आन्तरिक राजस्व कार्यालय पोखराको अनुगमनबाट म्याग्दी प्रोभिजन सपमा विभिन्न विदेशी ब्रान्डका मदिरा कारोबारका लागि अनुमति नै नलिईकन कारोबार गरेको भेटिएको छ ।

त्यस्तै, पोखराकै क्याप्टेन बास्तोला वाइन शपमा पनि अन्तःशुल्क स्टिकर नटाँसिएको भारतीय मदिरा जफत भएको थियो । पञ्चकोसी वाइन हाउसमा सुपर पावर ब्रान्डको स्टिकर टाँस नभएको सुर्ती र रोयल स्टाग ब्रान्डको मदिरा भेटिएको र सनिस वाइन हाउसमा पनि रोयल स्टाग ब्रान्डको मरिदामा स्टिकर टाँस नभएको देखिएको विभागले जनाएको छ । रासस




भर्खरै