२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराटनगरका तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा



अ+ अ-

काठमाडौं । तटबन्ध निर्माणका लागि भन्दै विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ छाडिएपछि तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा परेको छ । घर पछाडि खनिएको गहिरो खाडलका कारण खोलामा आउने बाढीले जुनसुकै बेला बस्ती कटान गर्नसक्ने भएपछि स्थानीवासीमा त्राश सृजना भएको छ । 

विराटनगर महानगरपालिकाको वडानम्बर २ तीनपैनीको उत्तर–पुर्वी सिमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्राशको अवस्था छ । लगातार वर्षात भइरहेको र घर पछाडिबाट बग्ने सिंघीया खोला किनारमा गहिरो खाडल खनेर छाडिएका कारण खोलाको बाढीले जुनसुकै बेला घर कटान भएर बगाउन सक्ने भएपछि उनिहरुमा त्राश छाएको हो । चालु महिनाको असार ६ गते तटबन्ध निर्माणकालागि भन्दै सो ठाँउमा खाडल खनिएको स्थानीयले जानकारी दिए । यो पानी पर्ने समयमा आफुहरु ठूलो जोखिममा रहेको पीडित जगदीश सहनीले बताउनुभयो । निर्माण पक्षलाई तटबन्धको काम छिटो गर्न आग्रह गर्दा चासो नदिएको स्थानीय सहनीले गुनासो गर्नुभयो ।

उत्तरबाट दक्षिणतर्फ खनिएको खाडलका कारण स्थानीय जगदीश सहनी,रमेश झा,सुरेन्द्र सहनी र रामु सहनीको घर सबैभन्दा बढी जोखिममा परेको छ । उनिहरुको घर पछाडि नै खाडल खनिएका कारण घर तथा बारीका भित्ताहरु भास्सिन थालेको छ । खाडलकै कारण बस्तीको उत्तरतर्फ रहेको तीनपैनी स्पोर्टिङ क्लबको जगको माटो समेत भास्सिएर ढल्ने जोखिममा छ । क्लबको सो भवन दक्षिणतर्फ फैलिएको सुकुम्बासी बस्तीलागि बाढीको बेगबाट जोगिने महत्वपुर्ण सुरक्षा कवचका ेरुपमा समेत काम गर्दै आएको छ । बाढी आउने महिना साउन भदौ बांकी रहेकाले उक्त क्षेत्रको सिंगो बस्ती नै कटानको जोखिममा परेको स्थानीय मनोज मलहाले बताउनु भयो ।

संघीय सरकारको तराईमधेश समृद्धि कार्यक्रम अन्र्तगत उक्त क्षेत्रमा बोल्डर हाल्न सय फिट बढी लम्बाईको खाड्ल खनिएको हो । झण्डै १० लाख बजेटबाट तटबन्ध निर्माणगर्न स्थानिय शिला दिक्षीत कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । तारजाली र बोल्डर हाल्ने काम शुरु गरिएपनि पछिल्लो समय मजदुर अभावका कारण काममा ढिलाई भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो । आउदो केहिदिन भित्रै तटबन्धको कामसक्ने उहाँले दाबी समेत गर्नुभयो ।

खोलालाई नियन्त्रण गर्न तटबन्ध गर्न खाडल खनिएको भएपनि मध्यबर्षातको समयमा निर्माणगर्न खोजिएकाले स्थानीयको जिउधन जोखिममा परेको हो । तसर्थ सम्भावित दुर्घटनालाई टार्न समयमै निर्माण सक्नु आवश्यक छ ।