२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबरालाई राजनीतिको मैदानमा आउन एमाले नेता बस्नेतको चुनौति (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौति दिनुभएको छ । सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उहाँले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संबैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौति दिनुभएको हो । 

नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाउनुभयो । उहाँले प्रधानन्यायाधीश आफु प्रधानमन्त्री बन्न्ने योजना साथ फैसला गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “आज सर्वोच्च अदालतले फैसला गर्यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन । सर्वोच्च अदालतले आज आफुलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र समशेर लाई चुनौति दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाई एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।

तपाई अहिले देउवालाई प्रधानमन्त्री बनाउने ,विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर तपाई प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न तपाई तयार हुनुभयो । हामी यो फैसलालाई कुनै मानेमा स्वीकार गर्दैनौ । अब मुलुक द्धन्द्धमा प्रवेश गरेको छ । सर्वौच्च अदालतको फैसलाले राजनीतिक मुद्दा समाधान गर्ने, राजनीतिक द्धन्द्धलाई समाधान गर्ने, राजनीतिक मुद्दा व्युँताउने र द्धन्द्ध जगाउने फैसला आम जनताले मान्नेवाला छैनन् ।”

२०५२ साल देखि नै नेपालको राजनीतिक द्धन्द्धमा फसेको , सांसद किनबेच सुरु भएको भन्दै उहाँले अदालतको सोमबारको फैसलाले फेरी राजनीति द्धन्द्ध, विकृति विसंगतीमा फसाएको दाबी गर्नुभयो । नेकपा एमालेका २३ जना सांसदको आडमा निरंकुश र बैदेशिक क्रिया प्रतिक्रियावादीहरुको षडयन्त्रमा अदालतको फैसला आएको दाबी पनि उहाँले गर्नुभयो । शेर बहादुर देउवासंग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै १ सय ३६ भोट चाहिनेमा  १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकाको , संबैधानिक निकायहरुको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो ।
उहाँले भन्नुभयो “चोलेन्द्र शम्शेरजी, जहानीया राणा शासन सकियो । तपाईको थर राणा हो । तपाईमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् ।  अब तपाई फेरि अर्को चुनावी सरकार अबनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईको सपना नजन्मदै तुहिने छ ।”

उहाँले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाउनुभयो । संबैधानिक इजलाश गठन हुने बेला देखि नै आफुहरुलाई शंका लागेको भन्दै उहाँले अदालतको फैसला प्रधानन्यायाधाीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “रमण श्रेष्ठ र शम्भु थापाहरुको संबैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाई छ,कांक्रो चोरेर चोरले आफु खान्छ अनि वियाँ साथीको मुख तिर दल्दिएर भन्छ काक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमासर्वोच्च अदालतलाई आज घाँस खुवाएर ज्ुन फैसला गरेका छन् । उनीहरुले नयाँ खिलराज रेग्मी जन्माउने डिजाईनका साथ यो फैसला आएको छ ।”

नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति श्रृजना भएको बताउनुभयो । उहाँले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलियतातिर जान खोजेको बताउनुभयो ।