२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबरालाई राजनीतिको मैदानमा आउन एमाले नेता बस्नेतको चुनौति (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौति दिनुभएको छ । सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उहाँले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संबैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौति दिनुभएको हो । 

नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाउनुभयो । उहाँले प्रधानन्यायाधीश आफु प्रधानमन्त्री बन्न्ने योजना साथ फैसला गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “आज सर्वोच्च अदालतले फैसला गर्यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन । सर्वोच्च अदालतले आज आफुलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र समशेर लाई चुनौति दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाई एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।

तपाई अहिले देउवालाई प्रधानमन्त्री बनाउने ,विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर तपाई प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न तपाई तयार हुनुभयो । हामी यो फैसलालाई कुनै मानेमा स्वीकार गर्दैनौ । अब मुलुक द्धन्द्धमा प्रवेश गरेको छ । सर्वौच्च अदालतको फैसलाले राजनीतिक मुद्दा समाधान गर्ने, राजनीतिक द्धन्द्धलाई समाधान गर्ने, राजनीतिक मुद्दा व्युँताउने र द्धन्द्ध जगाउने फैसला आम जनताले मान्नेवाला छैनन् ।”

२०५२ साल देखि नै नेपालको राजनीतिक द्धन्द्धमा फसेको , सांसद किनबेच सुरु भएको भन्दै उहाँले अदालतको सोमबारको फैसलाले फेरी राजनीति द्धन्द्ध, विकृति विसंगतीमा फसाएको दाबी गर्नुभयो । नेकपा एमालेका २३ जना सांसदको आडमा निरंकुश र बैदेशिक क्रिया प्रतिक्रियावादीहरुको षडयन्त्रमा अदालतको फैसला आएको दाबी पनि उहाँले गर्नुभयो । शेर बहादुर देउवासंग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै १ सय ३६ भोट चाहिनेमा  १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकाको , संबैधानिक निकायहरुको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो ।
उहाँले भन्नुभयो “चोलेन्द्र शम्शेरजी, जहानीया राणा शासन सकियो । तपाईको थर राणा हो । तपाईमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् ।  अब तपाई फेरि अर्को चुनावी सरकार अबनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईको सपना नजन्मदै तुहिने छ ।”

उहाँले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाउनुभयो । संबैधानिक इजलाश गठन हुने बेला देखि नै आफुहरुलाई शंका लागेको भन्दै उहाँले अदालतको फैसला प्रधानन्यायाधाीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “रमण श्रेष्ठ र शम्भु थापाहरुको संबैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाई छ,कांक्रो चोरेर चोरले आफु खान्छ अनि वियाँ साथीको मुख तिर दल्दिएर भन्छ काक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमासर्वोच्च अदालतलाई आज घाँस खुवाएर ज्ुन फैसला गरेका छन् । उनीहरुले नयाँ खिलराज रेग्मी जन्माउने डिजाईनका साथ यो फैसला आएको छ ।”

नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति श्रृजना भएको बताउनुभयो । उहाँले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलियतातिर जान खोजेको बताउनुभयो ।