२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान



अ+ अ-

काठमाडौँ । प्रहरीले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोमबार बयान लिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेसँगै आचार्यले उल्लेख गरेका व्यक्तिहरुसँग बयान लिन थालेको हो ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए जसमा उनले आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि प्रहरीले सोधपुछ सुरु गरेको हो ।

आचार्यले भाटभटेनीलगायतलाई उधारोमा सामान दिइरहनुपरेको तर त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्र बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । उनले लेखेका थिए, “धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै ।”

आचार्यका अनुसार भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले सोही विषयमा पनि प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । स्टाटसमा उल्लेख भएका अन्यसँग पनि प्रहरीले बयान लिने प्रहरीले बताएको छ ।